PahiloPost

Apr 26, 2025 | १३ बैशाख २०८२

राष्ट्रपति भण्डारीको होला त भारत भ्रमण?



पहिलोपोस्ट

राष्ट्रपति भण्डारीको होला त भारत भ्रमण?

काठमाडौं : भारतका राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमण अगाडि नै वैशाख २७ मा नेपालको राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमणको मिति तय भए पनि अकस्मात् रद्द भयो। भारतका लागि नेपाली राजदूत फिर्तासँगै बढेको तनावकाबीच मन्त्रिपरिषद्ले भण्डारीको भ्रमण एकाएक रोकिएको थियो।
 
यो बीचमा भारतका राष्ट्रपति प्रणव मुखर्जी नेपाल भ्रमणमा आए पनि नेपालका राष्ट्रपतिको भारत भ्रमणको टुङ्गो लागेको छैन। भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायका अनुसार भण्डारीको भारत भ्रमणको गृहकार्य अन्तिम चरणमा पुगेको छ।
 
बिहीबार भारतीय अर्थमन्त्री अरुण जेट्ली र राष्ट्रपति भण्डारीबीचको भेटमा जेटलीले भारत तपाईँलाई स्वागत गर्न आतूर छ' भनेर भारत भ्रमणको तयारीबारे संकेत गरेका थिए।
 
‘राष्ट्रपतिको भारत भ्रमणको लागि दुवैतर्फ प्रयत्नशील छौं,' रिपोर्टर्स क्लवमा आयोजित कार्यक्रममा उनले भने' गृहकार्य अन्तिम चरणमा पुगेको छ, भ्रमण मिति छिट्टै घोषणा हुन्छ।’
 
किन रोकिएको थियो भ्रमण

राष्ट्र प्रमुखको औपचारिक विदेश भ्रमण मन्त्रिपरिषद्‍ले अनुमोदन गर्नुपर्छ। वैशाख २७ मा भण्डारी भारतभ्रमणमा जाने दुवैतर्फको तयारी सकिए पनि एकाएक दुवै देशबीच राजनीतिक तनाव बढेसँगै मन्त्रिपरिषद्को बैठकले राष्ट्रपतिको भ्रमण अनुमोदन भएन।
 
एमाले नेतृत्वको सरकार छाडेर आफ्नै नेतृत्वमा सरकार गठन गर्ने एमाओवादी निर्णयले घरेलु राजनीति प्रभावित भयो। सरकार परिवर्तनको खेल सुरु भएसँगै राष्ट्रपतिको भ्रमण पनि प्रभावित भयो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell