PahiloPost

Jun 9, 2025 | २७ जेठ २०८२

चुनावको मितिलाई लिएर भारतमा कुनै असहमति छैन : राजदूत उपाध्याय



पहिलोपोस्ट

चुनावको मितिलाई लिएर भारतमा कुनै असहमति छैन : राजदूत उपाध्याय

काठमाडौं : भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले नेपालको चुनावलाई लिएर भारतको कुनै पनि असन्तुष्टि नरहेको बताएका छन्। 

उपाध्यायले भने, ‘भारतले चुनावको कुनै पनि विरोध गरेको छैन। नेपालको संसद् र मन्त्रिपरिषद्‍ले गरेको निर्णयलाई अरुलाई दोष दिएर हामी उम्कन मिल्दैन। त्यसैले अरुलाई दोष लगाउने बानीबाट नेपाल मुक्त हुनुपर्छ र स्थानीय तहको निर्वाचन हुनैपर्छ। भारतले नेपालमा हुन लागेको चुनावको अहिलेसम्म कुनै विरोध गरेको छैन र मसित पनि कुनै असहमति व्यक्त गरेको छैन।’

शुक्रबार रिपोर्टर्स क्लबमा उनले नेपाल–भारत सम्बन्धमा अहिले कुनै पनि समस्याहरु नरहेको स्पष्ट पारे। उनले भने,‘सबै खाले चूनौतिहरु समाधान भैरहेको छन्, यो सकारात्मक कुरा हो।’ उनले नेपालमा लोडेसेडिङ् अहिले नहुनुमा पनि भारतको ठूलो हात रहेको स्पष्ट पारे।
 
उनले अन्तरदेशीय प्रशारण लाईन निर्माण भैसकेकोले भारतबाट ल्याईएको विजुली काठमाडौंसम्म ल्याउन सकिएको बताउँदै यसले लोडसेडिङ कमी गर्न ठूलो भूमिका निर्वाह गरेको विश्वास दिलाए। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell