
काठमाडौं : नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघको अध्यक्षमा दीपक श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन्।
यसअघिको कार्यसमितिमा सहासचिव रहेका श्रेष्ठ संघको शुक्रबार भएको चौथो साधारण सभा एवं निर्वाचनबाट अध्यक्षमा निर्वाचित भएका हुन्।
२० सदस्यीय निर्वाचित कार्य समितिको पाँच उपाध्यक्षमा केदारेश्वरमान स्थापित, दीपक महर्जन, हरि खड्का, कान्छिमाया कोजु र दीपक थापा रहेका छन्। यस्तै महासचिवमा शिवसुन्दर गोथे, उपमहासचिवमा मन्डेकाजी श्रेष्ठ र सचिवमा कमलबहादुर अधिकारी रहेका छन्। कोषाध्यक्षमा आङ्गबाबु लामाले निरन्तरता पाएका छन्।
संघका सदस्यहरुमा टिकाराम श्रेष्ठ, रमेश कुमार श्रेष्ठ, सरोज श्रेष्ठ, दिनेश श्रेष्ठ, भोला सिलवाल, निशा रावल, नविता श्रेष्ठ, फुपूल्हामु खत्री, शिरिष गुरुङ्ग र फुलमाया क्याप्छाकी रहेका छन्। अध्यक्ष लगायत सवै निर्विरोध निर्वाचित भएका हुन्।
यसै बीच नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघको अध्यक्षको रुपमा दुई कार्यकाल सफलतापूर्वक पूरा गरेका निवर्तमान अध्यक्ष दीपक बिष्टलाई उनको कार्यकालमा गरिएको कामको उच्च मुल्याङकन गर्दै संघको मानार्थ अध्यक्षमा चयन गरिएको छ।
निर्वाचित सदस्यहरुलाई प्रमुख निर्वाचन अधिकृत राष्ट्रिय खेलकुद परिषद संघ संस्था समन्वय शाखा प्रमुख डेम बहादुर बस्नेतले पद तथा गोपनियताको सपथ खुवाए।
२७ सदस्यीय कार्य समितिमा अब दुई उपाध्यक्ष र पाँच सदस्य नयाँ कार्यसमितिको बैठकले मनोनित गर्ने नवनिर्वाचित अध्यक्ष दीपक श्रेष्ठले जानकारी गराए।
निर्वाचन पश्चात अध्यक्ष श्रेष्ठले खेलाडी संघ सदा खेलाडीहरुको हक हितको लागि डटेर लागि परेको भन्दै आगामी दिनमा खेलाडीहरुको लागि अझ शसक्तरुपमा आवाज उठाउने बताए।