PahiloPost

Apr 24, 2026 | ११ बैशाख २०८३

भाइराजा स्मृति क्रिकेट प्रतियोगिता भोलिदेखि नेपालगन्जमा हुँदै



पहिलोपोस्ट

नेपालगन्ज : स्वर्गिय रणेन्द्र बहादुर हमाल भाइराजा स्मृति क्रिकेट प्रतियोगिता भोलिदेखि नेपालगन्जमा संचालन हुने भएको छ।

सांसद मैकुलाल बाल्मिकीको संसदिय विकास कोषको रकमको सहयोगमा पाँचौं संस्करणको भाइराजा क्रिकेट प्रतियोगिता २०७३ हुने लागेको हो।

विस २०४९ सालदेखि संचालनमा रहेको भाइराजा स्मृति क्रिकेट प्रतियोगिता विशेष कारणबस निरन्तर संचालन हुन नसकेपनि अबदेखि निरन्तर संचालन गर्ने मध्यपश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितीका अध्यक्ष भिम ओलीले जानकारी दिए।

८ टिमको सहभागिता रहेको उक्त प्रतियोगितामा सांसद बाल्मिकीको संसदिय विकास कोषबाट ३ लाख सहयोग गरिएको बाल्मीकीले बताए।
प्रतियोगिता भोलि शनिबारदेखि नेपालगन्जको मंगलप्रसाद उच्चमाविमाको मैदानमा सुरु हुनेछ।

प्रतियोगिता सम्पन्न गर्न कुल ३ लाख ५८ हजार २ सय खर्च हुने आयोजक टिमका अध्यक्ष सुनिल सिंह हमालले जानकारी दिए।

पाँचौं संस्करणको विजेतालाई नगद ५१ हजार तथा उपविजेतालाई २५ हजार प्रदान गरिने आयोजकले जनाएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell