PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

​बुण्डेसलिग : लेइपजिग बराबरीमा रोकियो, वायर्नलाई फाइदा



पहिलोपोस्ट

​बुण्डेसलिग : लेइपजिग बराबरीमा रोकियो, वायर्नलाई फाइदा

जर्मन बुण्डेसलगिा अन्तर्गत शुक्रबार भएको खेलमा दोस्रो स्थानमो लइपविगे अगस्वर्गसँग २-२ गोलको बराबरीमा रोकिएको छ। 

बराबरीमा रोकिएसँगै लेइपजिगले शीर्ष स्थानको वायर्नसँग अंक दुरी कम पार्ने मौका गुमाएको छ। यता एक खेल कम खेलेको वायर्नलाई भने यो नतिजाले फाइदा पुगेको छ।

कन्सानटिनोसले घरेलु टोली अग्सवर्गलाई पहिले अग्रता दिलाएपनि टिमो वेनर मार्भिन कोम्परले गोल गर्दै लेइपजिगेलाई अग्रता दिलाएका थिए। तर मार्टिन अग्सवर्गका हिन्टेनेगरले गोल गरेपछि खेल बराबरीमा सकियो।

बराबरीपछि लेइपजिगको २३ खेलबाट ४९ अंक भएको छ। एक खेल कम खेलेको वायर्नको ५३ अंक छ।

वायर्नले आज कोलोनसँग खेल्दैछ भने बोरुसिया डर्टमण्ड र वायर लेभरकुजनबीच पनि प्रतिस्पर्धा हुँदैछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell