PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

चक्रपथका यी क्षेत्रमा आज दिनभर विद्युत आपूर्ति बन्द हुँदैछ



पहिलोपोस्ट

चक्रपथका यी क्षेत्रमा आज दिनभर विद्युत आपूर्ति बन्द हुँदैछ

काठमाडौं : चक्रपथ विस्तारको कारण जनाउँदै नेपाल विद्युत प्राधिकरणले चक्रपथ क्षेत्रका केही स्थानमा विद्युत आपूर्ति बन्द गरेको छ।
 
चक्रपथ विस्तार गर्दा विद्युतीय संरचनाहरु सार्नुपर्ने भएकाले शनिबार ११ बजेदेखि विद्युत सेवा बन्द गरिएको प्राधिकरणको भनाइ छ। बेलुका ५ बजेसम्म सेवा बन्द हुने जनाए पनि चाँडै काम सकिए ५ बजेअगावै विद्युत सेवा सुचारु हुने सार्वजनिक सूचनामार्फत जनाइएको छ।

विद्युत आपूर्ति बन्द हुने क्षेत्रहरु 

  • दुर्गानगर कोलोनी
  • कलंकी
  • लाम्पाटी
  • रविभवन
  • सोल्टीमोड
  • कालिमाटी
  • ताहाचल
  • छाउनी
  • सीतापाइला रिङरोडभित्र
  • किम्डोल



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell