काठमाडौँ : राप्रपाका अध्यक्ष कमल थापाले पदाधिकारी मनोनयन गरेका छन्। राप्रपाले एकता महाधिवेशनमा अध्यक्ष र केन्द्रीय सदस्य चयनका लागि मात्र निर्वाचन गरेको थियो। बाँकी पदाधिकारी मनोनयको जिम्मा भने अध्यक्षलाइ दिएको थियो। पदाधिकारीहरुमा राप्रपा पूर्व अध्यक्ष सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दका छोरा महामन्त्री बनेका छन्। त्यस्तै राप्रपाका महामन्त्री रहेका विक्रम पाण्डे भने उपाध्यक्ष बनेका छन्। राप्रपाले ६ उपाध्यक्ष, ५ महामन्त्री, ४ सह महामन्त्री, ६ सहायक महामन्त्री, १ कोषाध्यक्ष, १ सह कोषाध्यक्ष, ३ प्रवक्ता र १ सह प्रवक्ता रहेका छन्। यस्तो छ राप्रपाको पदाधिकारी सूची-
उपाध्यक्ष
१. दिपक बोहरा
२. राजिव पराजुली
३. बुद्धिमान तामांग
४. टंक ढकाल
५. बिक्रम पाण्डे
६. रामचन्द्र राय
महामन्त्री
१. ध्रुव बहादुर प्रधान
२. राजेन्द्र लिंगदेन
३. डा. धवल शमसेर राणा
४. जयन्त चन्द
५. सुनिल बहादुर थापा
कोषाध्यक्ष
उद्धव पौडेल
प्रवक्ता
१. रोशन कार्की
२. सुशील कुमार श्रेष्ठ
३. भूवन पाठक
सहमहामन्त्री
१. हेमजंग गुरुंग
२. निलकण्ठ काफ्ले
३. राम थापा
४. चन्द्र बहादुर गुरुंग
सहायक महामन्त्री
१. बृजलाल यादव
२. कुन्ती कुमारी शाही
३. मनोज प्रधान
४. राजाराम बर्तौला
५. बिन्दु पहाडी
६. राजेन्द्र प्रसाद श्रेष्ठ
सहायक प्रवक्ता
मोहन श्रेष्ठ
सहायक कोषाध्यक्ष
गिरीधर परियार