
स्पानिस ला लिगा अन्तर्गत शुक्रबार भएको खेलमा रियल सोसिडाडले रियल बेटिसलाई ३-२ ले पराजित गरेको छ। कप्तान जाभिएर प्रिएटोले दुई गोल गरेपछि सोसिडाडले जित हात पार्यो।
सोसिडाडका लागि जन बोटिस्टाले एक गोल गरे। बेटिसका लागि एइसा मन्डी र एन्टोओि सानाव्रिअले गोल गरे।
जितपछि २६ खेलबाट ४८ अंक जोडेको सोसिडाड एथ्लेटिको मड्रिडलाई पछि पार्दै अंक तालिको चौथो स्थानमा उक्लेको छ भने अर्को सिजन युरोपियन च्यामिपयन्स लिगमा छनोट हुने सम्भावना कायमै राखेको छ।
एक खेल कम खेलेको एथ्लेटिको ४६ अंकका साथ चौथेमा छ। २५ खेलबाट ५७ अंक जोडेको बार्सिलोना पहिलो तथा २४ खेलबाट ५६ अंक रहेको रियल मड्रिड दोस्रो स्थानमा छ।