PahiloPost

Apr 27, 2025 | १४ बैशाख २०८२

ट्रयाक्टर र बस दुर्घटना, दुई जनाको मृत्यु



पहिलोपोस्ट

ट्रयाक्टर र बस दुर्घटना, दुई जनाको मृत्यु

काठमाडौं : रोल्पा र बारामा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।
 
रोल्पाको कोर्चावाङ्ग ५ सिमखेतमा ना ३ त ६९८८ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा चालक, रोल्पा कोटगाँउ ७ का २२ वर्षीय आइते सिंहको ज्यान गएको हो। गम्भीर घाइते भई उपचारको लागि अस्पताल लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।
 
यस्तै बाराको अमलेखगन्ज ८ आधाबारमा गएराति ना ५ ख ५७६४ नम्बरको रात्रिबसको ठक्करबाट पैदलयात्री अन्दाजी ४० वर्षीय पुरुषको मृत्यु भएको छ। मृतकको सनाखत हुन नसकेको बारा प्रहरीले जानकारी दिएको छ। ठक्कर दिने बस सहित चालकलाई इलाका प्रहरी कार्यालय अमलेखगन्जले नियन्त्रणमा लिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell