काठमाडौं : २५ वर्षअगाडि निर्माण सुरु भएको मेलम्ची खानेपानी आयोजनाको काम पछिल्लो दुर्इ वर्षमा द्रुत गतिमा भइरहेको छ। कामदारहरु रातारात खटिएका छन्। यसरी नै तीव्र गतिमा काम भइरहे आउँदो असोज महिनामै राजधानीवासीले खानेपानी पाउँदैछन्।
सरकारले चाइना रेल्वे कर्पोरेशनसँग टेन्डर खारेज गरेर इटालियन कोअपेराटिभा मुरातोरी एन्ड केमेन्टेस्टी (सिएमसी) र भारतको दि राभेनालाई जिम्मा दिएपछि मेलम्ची निर्माणले द्रुत गति लियो। यद्यपि भूकम्प र नाकाबन्दीका कारण करिब एक वर्षसम्म सुरुङ निर्माणमा अवरोध आएको थियो। मेलम्ची खानेपानी विकास समितिले ६ महिनाको म्याद थप गरेपछि कम्पनीले त्यही लक्ष्यका साथ काम गरिरहेको छ।
उपत्यकामा मेलम्चीको पानी वितरणका लागि बिछ्याउनुपर्ने ६७० किमी वितरण सञ्जाल हो। उपत्यकामा हाल भइरहेका धाराका साथै नयाँ ८५ हजार धारा वितरण गरेर चक्रपथभित्रका तीन लाख जनसङ्ख्यालाई पहिलो चरणमा पानी पुर्याउने लक्ष्य लिइएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ। दिउँसो काम गर्दा वातावरणीय असर बढी गर्ने र सवारी सञ्चालनमा समेत बाधा पुग्ने भएकाले काममा संलग्न निर्माण व्यवसायीलाई राति काम गर्न लगाइएको आयोजनाको भनाइ छ।