PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

घोषणाको चार वर्षपछि बन्ने भो 'फाटेको जुत्ता'



पहिलोपोस्ट

घोषणाको चार वर्षपछि बन्ने भो 'फाटेको जुत्ता'

काठमाडौं : चार वर्षअघि घोषणा भएको फिल्म ‘फाटेको जुत्ता’को पुन:निर्माण अघि बढेको छ।
 
घोषणा भए पनि फिल्मको लागि उचित कथा नभेटेपछि फिल्म निर्माण रोक्किएको थियो। फिल्म निर्माताले एक लाख नगद रकम पुरस्कारसहित फिल्मको लागि  कथा लेखन प्रतियोगिता आयोजना गरेका थिए। 'तर चित्त बुझ्दो कथा नै आएन', फिल्म निर्माता अर्जुन कुमारले भने।
 
अहिले भने निराज महर्जनको लेखान रहेको पटकथामा फिल्म बन्ने भएको हो। फिल्म युनिट वैशाख १५ गतेबाट छायाङ्कनका लागि फ्लोरमा उत्रँदै छ।
 
निकेश खड्काको निर्देशन रहने फिल्ममा सौगात मल्ल, प्रियंका कार्की, बुद्धि तामाङ, कामेश्वर चौरासिया, आमिर गौतम, रवीन्द्र झा, रमेश रन्जन, सन्दीप क्षेत्री लगायतको मुख्य अभिनय रहने बताइएको छ।
 
२०७४ को भदौमा रिलिज टार्गेट राखेको फिल्मको सम्पूर्ण सुटिङ वीरगन्जमा हुने युनिटले बताएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell