काठमाडौं: फिल्म निर्भयको नयाँ गीत सार्वजनिक भएको छ। चैत ११ गतेबाट प्रदर्शनमा आउने फिल्मको गीत 'दुनियाँको भर के' फिल्म प्रचारका लागि युट्युब मार्फत सार्वजनिक गरिएको हो।
भिडियो सहित सार्वजनिक गीतमा फिल्मका मुख्य कलाकार निखिल उप्रेती र अभिनेत्री नीता ढुङ्गानाको फिचरिङ रहेको छ। भिडियोमा रामजी लामिछानेको नृत्य निर्देशन रहेको छ।
गीतमा शिव परियार र स्वेच्छा ठकुरीको छ स्वर रहेको छ। गीतमा शब्द र संगीत भने अर्जुन पोखरेलले दिएका हुन्। मधुसुदन भट्टराई निर्देशित फिल्मका निर्माता देविप्रसाद पाण्डे हुन्।
'निर्भय'मा विकास चापागाईं, सुशिल पोखरेल, प्रज्वल गिरी, प्रदिप ढकाल, रश्मी भट्ट आदी कलाकारको अभिनय रहेको छ। रामशरण उप्रेतीले फिल्म खिचेका हुन्।
हेर्नुस् भिडियो: