
न्युजिल्याण्ड विरुद्धको अन्तिम तथा पाँचौ वान डे ६ विकेटले जित्दै दक्षिण अफ्रिकाले पाँच खेलको सिरिज ३-२ ले जितेको छ।
सिरिज जितेसँगै दक्षिण अफ्रिका वान डे वरीयताको शीर्ष स्थानमा कायमै छ।
अकल्याण्डमा १५० रनको सामान्य लक्ष्य दक्षिण अफ्रिकाले ३२.२ ओभमरा ४ विकेट गुमाएर पुरा गर्यो। दक्षिण अफ्रिकाका लागि फाप डु प्लेसिसले नटआउट रहदै ५१ रन बनाए।
यस्तै डेविड मिलर ४५ रनमा नटआउट रहे। कप्तान ए बि डे भिलियर्सले २३ रनको योगदान गरे। न्युजिल्याण्डका जितन पटेलले २ विकेट लिए।
त्यसअघि दक्षिण अफ्रिकाले टस जितेर फिल्डिङ राजेपछि पहिले ब्याटिङ गरेको घरेलु टोली न्युजिल्याण्डको प्रदर्शन राम्रो रहने। किवी ६ोली ४१.१ ओभरमा जमम १४९ रनमा अलआउट भयो।
उसका लागि कोलिन डे ग्रान्डहोमले सर्वाधिक ३२ रन बनाए भने डिन ब्रोनली, जेम्स निसम र मिचेल सान्टनर सबैले समान २४ रन बनाए। बाँकी खेलाडीले दोहोरो अंक समेत छुन सकेनन्।
न्युजिल्याण्डलाई कम स्कोरमा रोक्न दक्षिण अफ्रिकाका खागिसो रबाडाले ३ तथा इमरान ताहिर र एन्डिल पेहलुक्वायोले समान २ विकेट लिए।