PahiloPost

Apr 26, 2025 | १३ बैशाख २०८२

हाइटीका पूर्व राष्ट्रपति प्रेभलको निधन



पहिलोपोस्ट

हाइटीका पूर्व राष्ट्रपति प्रेभलको निधन

हाइटी : हाइटीका पूर्वराष्ट्रपति रेने प्रेभलको शुक्रबार ७४ वर्षको उमेरमा निधन भएको छ। 
 
गरिबका अगुवाका रुपमा चिनिएका प्रेभलले हाइटीको नेताका रुपमा दुई कार्यकाल सेवा गरेका थिए।

'पूर्वराष्ट्रपति रेने प्रेभलको निधन भएको खवर सुन्नुपर्दा मलाई निकै दुःख लागेको छ,' राष्ट्रपति जोभेनेल मोइसले ट्विटरमा लेखेका छन्, 'हाइटीको सम्मानीत नेता उहाँप्रति हामी सधैँ नतमस्तक छौँ।'  
 
उनी सन् २०११ देखि २०१६ सम्म हाइटीको राष्ट्रपति बनेका थिए।
 
स्थानीय सञ्चार माध्यमले प्रेभलकी बहिनीलाई उदृत गर्दै दिएको जानकारीअनुसार, हृदयघातका कारण उनको निधन भएको हो।
 
लामो राजनीतिक हिंसापछि उनी इमान्दार र सक्षम नेताका रुपमा हाइटीमा स्थापित भएका थिए।
 
उनी सन् १९९६ देखि २००१ र २००६ देखि २०११ सम्म हाइटीको राष्ट्रपति बनेका थिए। हाइटीमा दुई कार्यकाल राष्ट्रपति बन्ने व्यक्ति उनी एक जना मात्रै थिए। दुई कार्यकालभन्दा बढी राष्ट्रपति बन्न नपाइने हाइटीको संवैधानिक व्यवस्था छ। रासस/एएफपी
फोटो : बिबीसी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell