PahiloPost

Apr 26, 2025 | १३ बैशाख २०८२

कर्पोरेट गल्फ कपको उपाधि हृदेश सिंहलाई, होल इन वन भएन

कर्पोरेट गल्फ कपको उपाधि हृदेश सिंहलाई, होल इन वन भएन

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : हृदेश सिंहले दोस्रो नयाँ पत्रिका कर्पोरेट गल्फ कप २०१७ को उपाधि जितेका छन्। शनिबार गोलकर्ण गल्फ क्लबमा भएको एक दिने प्रतियोगितामा सिंहले ३९ पोइन्ट स्कोर गर्दै च्याम्पियन बनेका हुन्।

प्रतियोगिताको आकर्षण रहेको होल इन वन भने कसैले पनि गर्न सकेनन्।

विजेता सिंहले ट्रफी एक थान आइफोन सेभेन टेलरमेड एम टू ड्राइभर प्राप्त गरे। यस्तै ५ बर्डिसहित सिंहले नै मोस्ट बर्डिजको उपाधि जिते।

सिनियर तथा ६० वर्ष भन्दा माथिको उपाधि नरेश्वर गुरुङले जिते। उनले ३६ पोइन्ट स्कोर गरे। उनले ट्रफी टेलरमेड पटर एक दर्जन गल्फ बल हात पारे। ३६ स्कोर नै गरेका डा रन्जित बराल उपविजेता बने।

महिलातर्फ २८ पोइन्ट स्कोर गरेकी रोएल नेपाल गल्फ कोर्सकी प्रतिमा शेर्पा च्याम्पियन बनिन्। उनले ट्रफी, टेलरमेड गल्फ ब्याग र एक दर्जन गल्फ बल हात पारिन्। यस्तै प्रतिमा भन्दा एक पोइन्ट कम स्कोर गरेकी रेखा घिमिरे उपविजेता बनिन्।

३४ ग्रोस पोइन्टका साथ मिथुन राईले बेस्ट ग्रोसको उपाधि जिते। उनले ट्रफी एक थान आइफोन सेभेन र टेलरमेड एम टू ड्राइभर प्राप्त गरे।
यस्तै क्लोजेस्ट टू दी पिनको उपाधि गोपाल चित्रकार जिते भने लङ्गेस्ट ड्राइभको उपाधि विजय श्रेष्ठले जिते।

यस्तै नयाँ पत्रिकाको दशौं वर्ष पुरा गरेको अवसरमा दशौं स्थान हात पार्ने रोएल नेपाल गल्फ क्लबका अध्यक्ष रविन्द्रमान श्रेष्ठले ट्रफी र टिएलसी टेलिभिजन हात पारे।

प्रतियोगितामा कर्पोरेट क्षेत्रका करिब एक सय गल्फरले सहभागिता जनाएका थिए।
 


ट्रेन्डिङ पोस्ट

Ncell