PahiloPost

Jun 9, 2025 | २७ जेठ २०८२

संकटाले जित्यो तिलोतमा गोल्डकपको उपाधि, फाइनलमा आर्मी असफल



पहिलोपोस्ट

संकटाले जित्यो तिलोतमा गोल्डकपको उपाधि, फाइनलमा आर्मी असफल

बुटवल : काठमाडौंको सिएजमी क्लब संकटाले १९औं तिलोतमा गोल्डकपको उपाधि जितेको छ। शनिबार भएको फाइनल खेलमा विभागीय क्लब नेपाल आर्मीलाई २-१ ले पराजित गर्दै संकटाले सिजनको तेस्रो नकआउट टुर्नामेन्टको उपाधि जितेको हो।

एक गोलले पछि परेको स्थिती उल्टाउँदै संकटाले आर्मीलाई पराजित गरेको हो।

देवीनगरस्थित एनफा टेक्निकल सेन्टरको खेलमा मैदानमा भएको खेलमा संकटालाई उपाधिको ह्याट्रिक गराउन निराजन खड्काले दुई गोल गरे।

यस्तै संकटाले आर्मीलाई यो सिजन फाइनलमा पराजित गरेको पनि यो तेस्रो पटक हो। संकटाले चितवनमा विकास रनिङ शिल्ड र सिमरामा सिमरा गोल्डकपको फाइनलमा पनि आर्मीलाई हराएको थियो।

खेलको ३० औं मिनेटमा राजिव गुरुङले गोल गर्दै संकटालाई अग्रता दिलाएका थिए। तर पहिलो हाफको इन्जुरी टाइममा निराजन खड्काले संकटाका लागि बराबरी गोल फर्काए। पाँच मिनेट बाँकी रहेको अवस्थामा उनै खड्काले व्यक्रिगत दोस्रो गोल गर्दै संकटालाई जित दिलाए।

उपाधिसँगै संकटाले नगद ५ लाख ५५ हजार ५५५ हात पार्यो भने उपविजेता आर्मीले ३ लाख ५५ हजार ५५ मा चित्त बुझायो।

यता आयोजक रुपन्देही एघारका गोलरक्षक दीलिप क्षेत्री प्रतियोगिताको उत्केष्ट खेलाडी घोषित भएका छन्। उनले एक थान स्कुटर हात पारे।

व्यक्तिगत विधातर्फ भने संकटाले तीन पुरस्कार जितयो। संकटाका विनय श्रेष्ठ उत्कृष्ट गोलरक्षक, निराजन खड्का उत्कृष्ट मिडफिल्डर र सल्यानी खड्गी उत्कृष्ट कोच घोषित भए। उत्कृष्ट डिफेन्डर आर्मीका हिरण्य मगर चुनिए। व्यक्तिगत उत्कृष्ठ प्रत्येकले २० हजा हात पारे। सर्वाधिक गोलकर्ता बनेका आर्मीका दीप लामाले १५ हजार प्राप्त गरे।

रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा भएको प्रतियोगितामा भारतको दुई गरी कूल १० टोलीको सहभागिता थियो।
(फोटो : हाम्रो खेलकुद डट कम)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell