PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

अपहरित तीन जनाको उद्धार, मुक्त गराउने क्रममा स्वयम्भूमा प्रहरी र अपहरणकारीबीच गोली हानाहान



सविन ढकाल

काठमाडौं : काठमाडौंको स्वयम्भूबाट अपहरणमा परेका तीन जनालाई आज प्रहरीले उद्धार गरेको छ। 
 
गएको १९ गते अपहरणमा परेका मन दोर्जे तामाङ, विशाल तामाङ र आन्दुङ तामाङलाई महानगरीय अपराध अनुसन्धान महाशाखाबाट गएको टोलीले मुक्त गरेको हो। सो क्रममा अपहरणकारीहरुले सिक्सर पेस्तोलबाट प्रहरी टोलीमाथि नै गोली चलाएका थिए। प्रहरीले जवाफी प्रतिकारका क्रममा गोली चलाउँदा अपहरणकारी दुर्गा तामाङ घाइते भएका छन्।
 
तीन जनालाई बन्धक बनाई ६ लाख फिरौती माग गरेको सूचनाका आधारमा मुक्त गराउन जाँदा उनीहरुसँग गोली हानाहान भएको महाशाखाका प्रमुख एसएसपी दिनेश अमात्यले पहिलोपोस्टलाई बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell