PahiloPost

Sep 22, 2024 | ६ असोज २०८१

राष्ट्रिय एकताको सन्देश फैलाउन १५ फिटको राष्ट्रिय झन्डा फहराइयो



पहिलोपोस्ट

राष्ट्रिय एकताको सन्देश फैलाउन १५ फिटको राष्ट्रिय झन्डा फहराइयो

काठमाडौँ : राष्ट्रिय एकता र स्वाभिमानको सन्देश फैलाउने उद्देश्यले १५ फिटको राष्ट्रिय झन्डा दहचोकस्थित कालु पाँडेको समाधिस्थलमा फहराइएको छ।

इन्द्रदह एकीकृत विकास समितिले त्यस क्षेत्रको पर्यटन पूर्वाधार विकास कार्यक्रमअन्तर्गत झन्डा फहराएको हो। उक्त समाधिस्थल समुद्री सतहदेखि दुई हजार ३०० मिटर अग्लो स्थानमा छ।

नेपाली काँग्रेसका नेता एवम् सांसद ध्यानगोविन्द रञ्जितले स्थानीय विकास तथा पूर्वाधार निर्माणमा स्थानीय समुदाय एकजुट भई लाग्नुपर्नेमा जोड दिँदै त्यस क्षेत्रमा फहराइएको झन्डाले सामाजिक एकता र पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।
 
नेकपा एमालेका नेता तथा सांसद रामेश्वर फुयाँलले राष्ट्रिय एकता कमजोर भएका कारणले वैदेशिक हस्तक्षेप बढ्दै गएको बताए।
 
समितिका अध्यक्ष हरिशरण थापाले देशको राष्ट्रियतामा सबै पार्टी दलगत स्वार्थभन्दा माथि उठेर साझा दृष्टिकोण बनाउनुपर्नेमा जोड दिए।
 
आधुनिक नेपालको एकीकरणका लागि कीर्तिपुरमा भएको युद्धमा मारिएका कालु पाँडेको समाधिस्थल चन्द्रागिरि नगरपालिकामा छ। त्यस क्षेत्रमा नैकाप, दहचोक, नागार्जुन जोड्ने मार्ग विकास गर्नुपर्ने स्थानीयवासीको माग छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell