A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__usermodelsUser.php.699568975ca276.62555658): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__usermodelsUser.php.699568975ca276.62555658,application/models/proxies/__CG__usermodelsUser.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__reportermodelsReporter.php.699568975cdfd0.61130393): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__reportermodelsReporter.php.699568975cdfd0.61130393,application/models/proxies/__CG__reportermodelsReporter.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__contentmodelsTerm.php.699568976070e7.14389642): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__contentmodelsTerm.php.699568976070e7.14389642,application/models/proxies/__CG__contentmodelsTerm.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

स्वयम्भूमा गोली चल्यो, अपहरणकारी घाइते, प्रहरीद्वारा तीन जना सकुशल मुक्त
PahiloPost

Feb 18, 2026 | ६ फागुन २०८२

स्वयम्भूमा गोली चल्यो, अपहरणकारी घाइते, प्रहरीद्वारा तीन जना सकुशल मुक्त



सविन ढकाल

स्वयम्भूमा गोली चल्यो, अपहरणकारी घाइते, प्रहरीद्वारा तीन जना सकुशल मुक्त

काठमाडौँ : ‘छोरा हाम्रो नियन्त्रणमा छ। तत्काल साढे ६ लाख रुपैयाँ लिएर स्वयम्भूमा आउनू’

नुवाकोट घर भई हाल बौद्धमा बस्दै आएका मनदोर्जे तामाङ, विशाल तामाङ र आङदोङ तामाङ  बिहीबार राति सुत्न कोठामा नआउँदा घर परिवारलाई लागेको थियो - उनीहरु कुनै साथीकोमा बसे होलान्। 

हुन पनि अरु बेला पनि त उनीहरु खबरै नगरी साथीहरुकहाँ बस्ने गर्थे। तर शुक्रबार बिहानै एउटा अपरिचित नम्बरबाट यस्तो फोन आएपछि परिवारको होसहवास नै उड्यो। 

अपहरणकारीको चेतावनी बावजुद परिवारले महानगरीय प्रहरी वृत्त बौद्ध पुगेर छोरो अपहरणमा परेको भन्दै उजुरी दियो। अपहरणसँगै फिरौती रकम माग भएकाले बौद्ध वृत्तले तत्काल कदम उठाउने साहस गरेन। 

वृत्तले घटना गम्भीर भएको भन्दै महानगरीय अपराध अनुसन्धान महाशाखालाई केस जिम्मा लगायो। महाशाखाले जानकारी पाउने बित्तिकै अनुसन्धान शुरु गर्‍यो।
 
शुक्रबार बेलुकातिर अपहरणकारीको फेरि फोन आयो - पैसा रेडी भए स्वयम्भूमा आउनु होस्।

अपहरणकारीले फोनमा फिरौति मागिरहँदा प्रहरीले पनि सुनिरहेको थियो। परिवारसँगको सहकार्यमा पैसा जम्मा गरेर अपहरणकारीलाई पैसा बुझाउन प्रहरी तयार थियो। प्रहरीको योजना अनुसार परिवारले अपहरणकारीलाई फोन गरे- ‘पैसा तयार छ, कहाँ लिएर आउँ?’ 

उताबाट जवाफ आयो - आज रात पर्यो , भोलि आउनू। 

शुक्रबारको रात परिवारका सदस्य छोराको अपहरण भएको छटपटीमा नै बित्यो। प्रहरी वा अपहरणकारीको फोन कुरेर बसिरहे उनीहरु। तर अहँ। फोन आएन। 

आज शनिबार बिहानै अपहरणकारीलाई फोन गर्दा मोबाइल स्वीच अफ गरेको मेसेज आयो। ११ बजेसम्म पनि मोबाइल लाग्दै लागेन। 
११ बजिसकेपछि उताबाट फोन आयो,  भन्यो- पैसा लिएर तुरुन्त स्वयम्भू आउनू। 

प्रहरीको योजना बमोजिम परिवारका सदस्य पैसा लिएर स्वयम्भूतिर लागे। परिवारका सदस्यलाई अघि लगाएर प्रहरी भने पर बसेर हेरिरह्यो। 
केही समयपछि अपहरणकारीले अपहरण गरेका तीन जनालाई लिएर आए। परिवारका सदस्यले हातमा भएको उनीहरुले मागे अनुसारको रकम थमाए। 

यतिन्जेल प्रहरीले अपहरणकारीलाई घेरा हालिसकेको थियो। प्रहरीले आफूहरुलाई घेरा हालेको थाहा पाएपछि अपहरणकारी दुर्गा तामाङले आफूसँग भएको सिक्सर पेस्तोल निकाले र ताके। 

प्रहरी टोलीले पनि दुर्गाको घुँडाभन्दा तल गोली हान्यो। उनी घाइते भए। उनीसहित घटनास्थलबाट तीन जना उपहरणकारीलाई पक्राउ गर्न प्रहरी सफल भएको र तीन जनालाई सकुशल अपहरणमुक्त गरेको महाशाखाका एसएसपी दिनेश अमात्यले जानकारी दिए।

अपहरणकारीहरुको बारेमा प्रहरीले थप अनुसन्धान गर्दैछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell