PahiloPost

Apr 26, 2025 | १३ बैशाख २०८२

अश्लिल भिडियोले भारतीय अभिनेत्री सोनू हैरान



पहिलोपोस्ट

अश्लिल भिडियोले भारतीय अभिनेत्री सोनू हैरान

अपरिचित नम्बरबाट आइरहेको अश्लिल भिडियो र म्यासेजले भारतीय अभिनेतृ सोनू वालिया हैरान भएकी छिन्। पटक-पटक अश्लिल म्यासेजर भिडियो आएपछि उनले फोन गरेर चेतावनी दिइन् तर रोकिनुको साटो झन बढ्यो। हैरान भएपछि उनले मुम्बई प्रहरीमा उजुरी दिएकी छिन्।

उनले प्रहरीमा दिएको उजुरी अनुसार गत हप्ताबाट अपरिचित नम्बरबाट नियमित फोनकल आइरहेको थियो। उनले फोन गर्नेलाई प्रहरीमा उजुरी दिने चेतावनी दिएपछि फोनको संख्या घट्नुको साटो थप बढ्यो।

मुम्बइको बांगुर नगर पुलिसका अनुसार सोनूलाई विभिन्न नम्बरबाट फोन आएको देखिएको छ। अनुसन्धान शुरु भएपछि सबै नम्बरहरु बन्द छन्। प्रहरी अहिले सो फोन नम्बर प्रयोगकर्ता पहिल्याउने प्रयासमा छ।

फस्टपोस्टका अनुसार सोनूले दिल शाहना है, खुन भरी मांग लगायतका हिन्दी फिल्ममा अभिनय गरेकी छिन्। सन् १९८२ मा फिल्म तहलकाबाट उनले फिल्मी करिअर शुरु गरेकी थिइन्। उनले यो विचमा केही टिभी शो मा समेत देखिएकी थिइन्।

सन् २००० मा उनले अमेरिकी व्यवसायीसँग विवाह गरेपछि बलिउड यात्रामा विराम लागेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell