PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

​ओबामामाथि ट्रम्पले लगाए गैरकानुनी रुपमा फोनबार्ता सुनेको आरोप



पहिलोपोस्ट

​ओबामामाथि ट्रम्पले लगाए गैरकानुनी रुपमा फोनबार्ता सुनेको आरोप

वासिङ्टन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्ववर्ती बाराक ओबामाले सन् २०१६ को अमेरिकी राष्ट्रपतीय निर्वाचन अभियानका समय आफ्नो फोन सुन्ने गरेको आरोप लगाएका छन्। 

राष्ट्रपति ट्रम्पले ओबामालाई कुनै फोनवार्ता सुनेर के गरे भन्ने कुनै अप्रिय तथा कडा दाबी नगरे पनि आफ्नो फोनवार्ता गैरकानुनी रुपमा सुन्ने गरेको बताएका छन्। 

‘मलाई लाग्छ राम्रो वकिलले अमेरिकी निर्वाचनकै पूर्वसन्ध्या अर्थात् सन् २०१६ को अक्टोबरमा मेरो फोनवार्ता गैरकानुनी रुपमा सुनेको दृष्टान्तले राम्रो मुद्दाको रुप लिन सक्छ’ ट्रम्पले आफ्नो ट्वीटरमा लेखेका छन्। 

अर्को एक ट्वीटमा उनले भनेका छन् ‘तत्कालीन राष्ट्रपति बाराक ओबामाले मेरो कुराकानी सुनेर पवित्र निर्वाचन अभियानका समय कति ‘नीच’ काम गरे। यो निक्सा ÷वाटरगेट हो।’
सन् १९७४ मा तत्कालीन अमेरिकी उच्च अधिकारीले गरेको शक्तिको दुरुपयोगका लागि वाटरगेट प्रकरणलाई स्मरण गरिन्छ । रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell