
एजेन्सी : उत्तर कोरिया र मेलेसियाको कुटनीतिक सम्वन्ध थप चिसिएको छ। उत्तरी कोरियाली राष्ट्रपति किम जोङ उनका सौतेली भाइ किम जोङ्ग नेमको हत्यापछि बिग्रिएको सम्वन्धका कारण मलेसियाले उत्तर कोरियाका राजदूतलाई देश निकाला गर्ने निर्णय गरेको छ।
राजदूत काङ्ग चोललाई मलेसियाले ४८ घन्टाभित्र देश छाड्न मलेसियाले दिर्नेशन दिएको छ।
राजदूत चोलले किमका सौतेली भाई भाई नेमको शवपरीक्षणलाई आफ्नो देशले विश्वास नगर्ने बताएका थिए। मलेसियाले उक्त भनाइमा क्षमायाचना गर्न भनेको थियो। तर, मलेसियन सरकारको निर्देशनप्रति उनी सकरात्मक नभएपछि देशनिकाला गरिएको हो।
मलेसियाको विदेश मन्त्रालयले राजदूतलाई मलेसिया राख्न सम्भवन नभएको एक विज्ञप्तिमा जनाएको छ।
उत्तर कोरियाले नेमको मृत्युपछि शव परीक्षण स्वदेशमै गर्ने प्रयत्न गरेको थियो। तर, संवेदनशील विषय बताउँदै मलेसियाले यसलाई अस्वीकार गरेको थियो।