PahiloPost

Apr 27, 2025 | १४ बैशाख २०८२

भित्रियो रङको पर्व : वसन्तपुरमा उठाइयो चीर, १५ फोटोमा

भित्रियो रङको पर्व : वसन्तपुरमा उठाइयो चीर, १५ फोटोमा

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : आजबाट विधिवत् रुपमा फागु (होली) को रौनक सुरु भएको छ। राजधानीको वसन्तपुर दरबार स्क्वायरमा लिंगोसहित रंगीविरंगी चीर उठाइएपछि विधिवत् रुपमा फागु सुरु भएको हो।
 
आज बिहान ८:१५ बजेको साइतमा चीर ठड्याइएको छ। अबको ८ दिनपछि अर्थात् फागु पूर्णिमाको दिन हर्षबढाइँ गरेर यो चीर ढालिन्छ। चीर ढालिने साइत भने ६:५३ बजे जुराइएको छ। ढालिएको चीरलाई घिसार्दै टुँडिखेलमा लाने चलन छ। ७:५५ मा उक्त चीरको दहन गरेपछि औपचारिक रुपमा यस वर्षको होली सकिनेछ। 
 
लोककथा अनुसार भगवान् कृष्णले यमुना नदीमा निर्वस्त्र नुहाइरहेका गोपिनीको कपडा चोरे। उनले रुखको हाँगामा कपडा झुन्ड्याई अर्को हाँगामा बसेर बाँसुरी बजाउन थाले। गोपिनीहरुले आफ्ना लुगा पाउन धेरै बिन्तीभाउ गर्दा पनि कृष्णले लुगा दिएनन्। उनले गोपिनीहरुलाई प्रायश्चित्त गर्न लगाए। गोपिनीहरुले कृष्णलाई जल चढाएर प्रायश्चित्त गरेपछि मात्र कपडा झारिदिए।
 
कृष्णको रासलीलाको स्मरणमा गोपिनीहरुको लुगाको प्रतीकको रुपमा अग्लो खम्बामा रंगीचंगी कपडा राख्ने गरिएको हो। नेपाल एकीकरणपछि यो चलन सुरु भएको संस्कृतिका ज्ञाताहरु बताउँछन्।


ट्रेन्डिङ पोस्ट

Ncell