PahiloPost

May 4, 2025 | २१ बैशाख २०८२

​मन्त्रिपरिषद् बैठक बस्दै, स्थानीय तह पुनर्संरचनाको पुनरावलोकन प्रतिवेदनबारे निर्णय हुने



पहिलोपोस्ट

​मन्त्रिपरिषद् बैठक बस्दै, स्थानीय तह पुनर्संरचनाको पुनरावलोकन प्रतिवेदनबारे निर्णय हुने

काठमाडौं : स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदनमा सुझाव दिन गठित सुझाव समितिले आज प्रतिवेदन बुझाउँदैछ। तराईका जिल्लामा केही स्थानीय तहका इकाई थप गर्दै समितिले प्रतिवेदन बुझाउन लागेको हो।

प्रतिवेदनका सम्वन्धमा निर्णय गर्न आज साँझ मन्त्रिपरिषद् बैठक बोलाइएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शनिबार नेपाल टेलिभिजनको कार्यक्रम ‘सिधा कुरा प्रधानमन्त्रीसँग’ पनि प्रतिवेदनबारे आजको मन्त्रिपरिषदले निर्णय गर्ने बताएका थिए।

आयोगले यसअघि ७१९ स्थानीय तहका इकाई रहनेगरी प्रतिवेदन बुझाएको थियो। तर, सत्तारुढ दलकै शीर्ष नेताहरुले प्रतिवेदनमा असन्तुष्टि जनाएपछि सुझाव दिन कार्यदल गठन भएको थियो।

संघीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेको संयोजकत्वको समितिले दुई नम्वर प्रदेशका ८ जिल्लाका सांसद्हरुसँग परामर्श गरी प्रतिवेदन परिमार्जनको सुझाव दिएको छ। प्रदेश दुई, चार र सातमा स्थानीय तह इकाईको संख्या बढाउन समितिले सुझाव दिएको छ।

तराईका आठ जिल्लामा जनसंख्या तथा बझाङ र मनाङमा पनि स्थानीय तहको इकाई थप्ने सुझाव समितिको छ। यसअघि सिफारिस भएका ७१९ मा १९ स्थानीय इकाइ थप्न समितिको सुझाव छ।
  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell