PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

आरआर क्याम्पसका निर्वाचन प्रमुख पराजुली सम्पर्कमा



पहिलोपोस्ट

काठमाडौं : राजधानीको प्रदर्शनीमार्गस्थित रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसका निर्वाचन प्रमुख प्राडा हरि पराजुली सम्पर्कमा आएका छन्।
 
स्वतन्त्र विद्यार्थी युनियनको चुनावको समयदेखि सम्पर्कविहीन भएका पराजुली सम्पर्कमा आइसकेको नेविसंघका सहमहामन्त्री प्रेमराज जोशीले जानकारी दिए। ‘उहाँ शनिबार दिउँसोबाट सम्पर्कमा आउनुभएको हो,' उनले भने। पराजुली किन सम्पर्कविहीन भए भन्नेबारे उनले थप खुलाउन चाहेनन्।
 
पराजुलीको मोबाइलमा हामीले सम्पर्क गर्दा भने उनले उठाएनन्। स्ववियु निर्वाचनको विषयलाई लिएर आरआर क्याम्पसमा तीन ठूला विद्यार्थी संगठनबीच विवाद भएपछि पराजुली सम्पर्कविहीन भएका थिए।
 
नेविसंघ र अनेरास्ववियु क्रान्तिकारीले संयुक्त प्यानल घोषण गर्ने तयारी गरेपछि अनेरास्ववियुले विरोध गर्दै आएको छ। यही कारण फागुन १८ गते तोकिएको स्ववियु निर्वाचन आरआरमा रोकिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell