PahiloPost

Apr 24, 2026 | ११ बैशाख २०८३

राप्रपाको पूर्व-पश्चिम एकता यात्रा : चैत ७ देखि सुरु, चितवनमा सभा



पहिलोपोस्ट

राप्रपाको पूर्व-पश्चिम एकता यात्रा : चैत ७ देखि सुरु, चितवनमा सभा

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीले चैत ७ देखि १२ गतेसम्म राष्ट्रिय एकता यात्रा सञ्चालन गर्ने भएको छ। राष्ट्रियता, सनातन धर्म र विकासका साथै स्थानीय तहको निर्वाचन सन्दर्भमा पार्टीको सन्देश जनता समक्ष पुर्‍याउनमा यात्रा केन्द्रित हुने राप्रपाको पदाधिकारी बैठकले निर्णय गरेको हो।

अध्यक्ष कमल थापाले गोरखाबाट, पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले कञ्चनपुरबाट, पूर्वराष्ट्रिय अध्यक्ष पशुपति शम्शेर जबराले झापाबाट र डा.प्रकाशचन्द्र लोहनीले काठमौँबाट यात्राको प्रारम्भ गर्नेछन्।

एकता यात्रालाई प्रभावकारी बनाउन उपाध्यक्ष तथा आपूर्ति मन्त्री दीपक बोहराको संयोजकत्वमा व्यवस्थापन समिति समेत गठन भएको छ। राप्रापलले एकता यात्राको समापन भने चैत १२ गते चितवनमा गर्ने जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell