PahiloPost

Jun 8, 2025 | २६ जेठ २०८२

प्रिमियर लिग : आर्सनललाई हराउँदै लिभरपुल तेस्रो स्थानमा



पहिलोपोस्ट

प्रिमियर लिग : आर्सनललाई हराउँदै लिभरपुल तेस्रो स्थानमा

लिभरपुल प्रिमियर लिगको अंक तालिकामा तेस्रो स्थानमा उक्लेको छ।

शनिबार भएको खेलमा आर्सनललाई ३-१ ले पराजित गरेको लिभरपुलले म्यानचेष्टर सिटी र आर्सनललाई पछि पारेको हो।

लिभरपुललाई जित दिलाउन रोवर्टो फिर्मिन्हो, साडिणे माने र जर्जिनिओ विजनालडमले १/१ गोल गरे। आर्सनलका लागि ड्यानी वेलब्याकले १ गोल फर्काए।

जितपछि लिभरपुलले २७ खेलबाट ५२ अंक जोडेको छ। लिभरपुल भन्दा दुई खेल कम खेलेको म्यानचेष्टर सिटी लिभरपुल समान अंक भएपनि गोल अन्तरमा पछि छ। ५० अंक रहेको आर्सनल पाँचौं स्थानमा झरेको छ।

यस्तै शनिबार चाँडै भएको खेलमा म्यानचेष्टर युनाइटेड दश खेलाडीको एएफसी बर्नमाउथसँग १-१ गोलको बराबरीमा रोकिएको छ। 

ज्लाटन इब्राहिमोभिचले पेनाल्टी चुकाउँदा युनाइटेडले एक खेलाडी कम भएको बर्नमाउथलाई हराउने मौका गुमायो। मार्कोस रोहोले गोल गर्दै युनाइटेडलाई पहिले अग्रता दिलाएपनि जोसुअ किङले बर्नमाउथका लागि पेनाल्टीमा बराबरी गोल फर्काए।

बराबरीपछि २६ खेलबाट ४९ अंक जोडेको युनाइटेड छैटौं स्थानमा यथावत छ।

यता साविक विजेता लेस्टर सिटीले हल सिटीलाई ३-१ ले पराजित गरेको छ। एक गोलले पछि परेको अवस्थ उल्टाउँदै जित हात पारेको लेस्टर रेलिगेशन जोन भन्दा ५ अंक अगाडी छ।

गत वर्ष प्रिमियर लिग जिताएका प्रशिक्षक रानिएरीलाई बर्खास्त गरेयता लेस्टरको यो लगातार दोस्रो जित हो। जितपछि २७ खेलबाट २७ अंक जोडेको लेस्टर १५ औं स्थानमा छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell