PahiloPost

Apr 27, 2025 | १४ बैशाख २०८२

नेपाली अभिनेत्रीको जनावर प्रेम, इन्सटाग्राम बनेको छ देखाउने माध्यम



पहिलोपोस्ट

नेपाली अभिनेत्रीको जनावर प्रेम, इन्सटाग्राम बनेको छ देखाउने माध्यम

काठमाडौं: सामाजिक संजाल इन्स्टाग्राममा सेलिब्रेटीहरु निकै सक्रिय देखिन्छन्। नेपाली अभिनेत्रीहरुको हकमा इन्स्टाग्राम आफ्नो दैनिकी वा कामको बारेमा जानकारी दिने राम्रो माध्यम बनेको छ।

केही नेपाली अभिनेत्रीले इन्सटाग्राममा जनावरसँगको फोटो लगातार राख्ने गरेका छन्। केहीले आफ्नै घर पालुवा कुकुर वा बिरालोसँग भने केहीले बाहिर भेटिएका जनावरसँगको फोटो। फोटोको क्याप्सनमा जनावर प्रतिको प्रेम वा सम्मान व्यक्त गर्ने गरेका छन्।

एक इन्स्टापोस्टको कमेन्टमा त नायिका वर्षा राउतले आफूलाई मान्छेको भन्दा बढी जनावरको माया लाग्ने जनाएकी छिन्।



नायिका साम्राज्ञी राज्यलक्ष्मी आफ्नो कुकुर पोगो र प्रियंका कार्की आफ्नो कुकुर स्नोयीसँगको लगाव  आफ्नो इन्सटा फ्यानलाई देखाउनेमा निकै अगाडी छन्। 
 
प्रियंका कार्कीले त आफ्नो कुकुरको छैठौं जन्मदिनमा इन्सटा मार्फत शुभकामना पनि दिइन्। विहिबार कुकुर 'स्नोयी'को फोटो सहित उनले छ वर्षसँगै बिताउनुको खुशी देखाएकी छिन्।

हेर्नुस् केही अभिनेत्रीको जनावर प्रेम:















सामाजिक संजालमा जनावरसँगको फोटो राख्ने र प्रेम देखाउनेलाई व्यङ्ग्य गर्दै नायिका रिमा विश्वकर्माले राखेको तश्विर यस्तो छ: 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell