PahiloPost

Apr 27, 2025 | १४ बैशाख २०८२

ओबामाका प्रवक्ताले गरे ट्रम्पको आरोपको खण्डन



पहिलोपोस्ट

ओबामाका प्रवक्ताले गरे ट्रम्पको आरोपको खण्डन

वासिङटन : अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले पूर्वराष्ट्रपति बाराक ओबामालाई लगाएको आरोप पूरै गलत भएको ओवामाका प्रवक्ताले बताएका छन्।
 
पूर्वराष्ट्रपति ओबामाको प्रशासनले राष्ट्रपतीय चुनावको अभियानअघि न्यूयोर्कमा रहेको ट्रम्प टावरको फोन ट्याप गरेको भन्ने आरोपको प्रवक्ता केविन लुइसले खण्डन गरेका हुन्।
 
तत्कालीन राष्ट्रपति ओबामा र राष्ट्रपतिको कार्यालयका कसैले पनि कुनै पनि अमेरिकी नागरिकको निगरानी गर्न आदेश नदिएको उनले दाबी गरे।
 
ट्रम्पले श्रृङ्खलाबद्ध रुपमा ट्वीट गर्दै फोन ट्याप गर्नु नराम्रो काम भएको र आफ्ना पूर्ववर्ती एकदमै खराब व्यक्ति भएको उल्लेख गरेका छन्। फ्लोरिडास्थित आफ्नो रिसोर्टमा रहेका बेला ट्रम्पले स्थानीय समयअनुसार शनिबार बिहानको ०६:३० बजे श्रृङ्खलाबद्ध ट्वीट गरेका थिए। रासस/सिन्ह्वा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell