PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

बैंककमा उपचाररत माओवादी नेता वर्षमान पुन 'डिस्चार्ज', २६ गते नेपाल फर्कने



पहिलोपोस्ट

बैंककमा उपचाररत माओवादी नेता वर्षमान पुन 'डिस्चार्ज', २६ गते नेपाल फर्कने

काठमाडौं : थाइल्यान्डको बैंककमा उपचार गराइरहेका नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुन ‘अनन्त’को स्वास्थ्यमा सुधार आएको छ। उनलाई आजै त्यहाँको समितिभेज अस्पतालबाट डिस्चार्ज गरिएको छ।
 
उच्च ज्वरोका कारण अस्वस्थ भएपछि काठमाडौंको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना भए पनि थप उपचारका लागि उनी फागुन १५ गत
बैंकक गएका थिए। उनीसँगै पत्नी तथा सभामुख ओनसरी घर्ती पनि बैँककमै छिन्।

गतवर्षदेखि अस्वस्थ देखिएका उनलाई उपचार ग्रान्डी अस्पतालको सहकार्यमा बैंकक लगिएको हो। उनीसहित सहयोगका लागि गएका अन्य सदस्यहरु आउँदो २६ गते नेपाल फर्कने पुनकी पत्नी घर्तीले जनाएकी छिन्। फोटो सौजन्य : ग्रान्डी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell