PahiloPost

Apr 27, 2025 | १४ बैशाख २०८२

ला लिगा : बार्सिलोना र रियल विजयी



पहिलोपोस्ट

ला लिगा : बार्सिलोना र रियल विजयी

स्पानिस ला लिगा अन्त्र्गत शनिबार भएका खेलमा दुई जायन्ट क्लब बार्सिलोना रियल मड्रिले प्रभावशाली जित हात पारेका छन्।

अर्जेन्टाइन स्टार लियोनल मेसीले  दुई गोल गरेपछि बार्सिलोनाले घरेलु मैदान नोयउ क्याम्पमा सेल्टा भिगोलाई ५-० ले हरायो। बार्सिलोनाका लागि नेमार, इभान राकिटिक र सामुएल उम्टीटीले १/१ गोल गरे।

जितसँगै बार्सिलोनाले अंक तालिकामा शीर्ष स्थान कायम राखेको छ।

त्यसअघि नै रियल आइबरलाई हराउँदै केही समयका लागि शीर्ष स्थानमा उक्लेपनि बार्सिलोनाले जितपछि रियलललाई पछि पारेको हो।

यता क्रिस्टिायानो रोनालडो र गारेथ बेल बिनै मैदान उत्रेको रियलले आइबरलाई उसैको मैदानमा ४-१ ले हरायो। रियलको जितमा करिम बेन्जामाले २ गोल गरे भने जेम्स रोड्रिग्वेज र मार्को असेनि्सओले १/१ गोल गरे। आइबरका लागि रुवेन जिमिनेज पेनाले सान्त्वना गोल फर्काए।

जितपछि बार्सिलोनाको २६ खेलबाट ६० अंक छ भने एक खेल कम खेलेको रियलको ५९ अंक छ।

ला लिगा अन्तर्गत शनिबारै भएका खेलमा भियारियलले स्पानयोललाई २-० ले तथा लेगानेसले ग्रानाडालाई १-० ले पराजित गरेको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell