
बलिउड फिल्म निर्माता तथा निर्देशक समेत रहेका करण जौहर दुई सन्तानका पिता बनेका छन्। अबिबाहित करणले सरोगेन्सी माध्यमबाट एक छोरा र एक छोरीलाई आफ्नो सन्तान बनाएका हुन्।
करणले आफ्नो किताब 'एन अनस्विटएबल बोए'को विमोचनमा आफूलाई पिता बन्न मन लागेको अभिव्यक्ती दिएका थिए। किताब सार्वजनिक भएको दुई महिनापछि उनले ट्विटर मार्फत आफू पिता बनेको बारे जानकरी दिए। छोराको नाम यश र छोरीको नाम रुही राखेको पनि करणले जनाएका छन्। सन्तान एक महिना अघि नै जन्मिएको भए पनि उनले शनिबार मात्र सो खबर सार्वजनिक गरे।
उनले आफ्नो सरोगेन्टलाई धन्यवाद दिंदै उनको लागि सधैं कामना गर्ने उल्लेख गरेका छन्। बलिउडमा आमिर खान र शाहरुख खान पछि सरोगेन्ट मार्फत सन्तान अपनाउने करण तेस्रो व्यक्ती हुन्।
करणलाई माइक्रो ब्लागिङ साइट ट्विटरमा बधाई तथा धन्यवादको ओइरो लागेको छ।