
लसुन र प्याज दुवैको वास्ना अत्यन्तै कडा हुन्छ। लसुन खाएको चौबीस घण्टासम्म पनि मुखमा यसको वास्ना रही नै रहन्छ। केही व्यक्तिको त पसिनाबाट पनि यसको वास्ना आउने गर्दछ। यी दुवैको वास्ना हटाउनका लागि अमेरिकी डाक्टर तथा प्राध्यापकद्वारा गरिएको अध्ययन यसका प्रयोक्ताहरुका लागि उपयोगी विषय बन्नसक्छ।
सन् १९३६ मा एक अमेरिकी डाक्टरले आफ्ना बिरामीको खानाको नलीका माध्यमबाट गार्लिक सुप पिउन दिएका थिए। डाक्टरहरुका अनुसार घण्टौँसम्म पनि बिरामीको श्वासबाट लसुनको वास्ना आइ नै रह्यो।
अर्का डाक्टरले पनि बच्चा जन्मिनुअघि एक महिलालाई यसरी नै गार्लिक सुप पिउन दिएका थिए। आमाको श्वासबाट लसुनको वास्ना आइरहेको थियो। योभन्दा पनि अचम्मको कुरा के भने उनीबाट भर्खरै जन्मिएको बच्चाको श्वासबाट पनि लसुनको वास्ना आएको भेटियो। उनीहरुले यस अध्ययनबाट लसुन चपाएपछि मात्रै यसको वास्ना नआउने निष्कर्ष निकाले।
डाक्टरका अनुसार लसुनमा सल्फरको मात्रा धेरै हुने गर्दछ। यसलाई पचाएपछि यो सल्फर रगतमा मिसिन जान्छ। र हाम्रो श्वासको नली, फोक्सो र मुखमा जम्मा हुने गर्दछ।
ब्रस गरेपछि मुखबाट यो वास्ना हटेर जान्छ। तर हाम्रो शरीरमा जुन प्रकारले गतिविधि भइरहेको हुन्छ त्योसित सल्फरको सम्बन्ध जोडिएको हुन्छ र त्यसले आफ्नो वासना छाड्दछ। हाम्रो पसिनामा समेत यसको वासना आउने गर्दछ।
जसरी फलामलाई फलामले काट्छ ठिक त्यसै गरी लसुनको वासना पनि यसलाई खाएपछि उत्पन्न हुने रसायनिक परिवर्तनका माध्यबाट नष्ट गर्न सकिन्छ।
केही वर्षअघि अमेरिकाको ओहायो युनिभर्सिटीका प्रोफेसर बेरिङ्गरले पनि यसबारे एक अनुसन्धान गरेका थिए।
उनले अनुसन्धानबाट लसुनसित अन्य कुरा खाएमा त्यसको वास्ना कम हुने निष्कर्ष निकाले। लसुनसित तुलसी, पुदीना, अजवाइन, सलाद आदिलाई खानामा समावेश गरेमा वासना कम गर्न यसले धेरै मदत गर्ने उनीहरुको ठहर छ।
यही अनुसन्धानका क्रममा उनीहरुले लसुनको वास्ना घटाउने क्षमता सबैभन्दा बढी हुने देखाए। अमेरिकाकै एक विद्यार्थीले गरेको खोजले लसुन खाएपछि पानी पिएमा यसको वास्ना कम हुने निष्कर्ष निकालेका थिए। उनले लसुन खाएको दुई घण्टाअघि स्याउ खाएका थिए। फेरि स्याउका केही टुक्रा खाएर उनले यसबारे परीक्षण गरेका थिए। यसपटक भने वास्ना पूरै हराएको थियो।
यसका अतिरिक्त वैज्ञानिकहरुले हाम्रो श्वासका माध्यबाट आफूभित्र समाहित हुने अणुले फोक्सोको क्यान्सरजस्ता घातक रोगमा राहत दिने कुराको अध्ययन गरेका थिए।