PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

​आरआरमा स्ववियु चुनाव हुँदै, मतदान प्रक्रिया केहीबेरमा सुरु हुने



पहिलोपोस्ट

​आरआरमा स्ववियु चुनाव हुँदै, मतदान प्रक्रिया केहीबेरमा सुरु हुने

काठमाडौं : उम्मेदवार मनोनयन विवादका कारण रोकिएको रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर) को स्ववियु चुनाव आज हुँदैछ। विवादका कारण फागुन १८ गतेका लागि पूर्वनिर्धारित निर्वाचन आरआरमा स्थगित भएको थियो।

सोमबार बिहान ८ बजेदेखि निर्वाचन सुरु गर्ने तयारी भएपनि सुरक्षाकर्मी र विद्यार्थी संगठनका प्रतिनिधिबीचको विवादका कारण मतदान सुरु हुन ढिलाई भएको छ। थप सुरक्षाकर्मी परिचालन गरी चुनावी कार्यक्रम सुरु गर्ने तयारी भइरहेको छ।

निर्वाचन आयोगले पूर्वनिर्धारित बाहेक अन्य निर्वाचन नगर्न आइतबार त्रिभुवन विश्वविद्यालयलाई निर्देशन दिएको थियो। तर, आरआरको चुनावी प्रक्रिया त्रिविले आजका लागि तय गरिसकेका कारण नरोकिएको हो।

आन्तरिक विवादका कारण नेपाल विद्यार्थी संघले मनोनयन गरेको छैन। अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) छुट्टाछुट्टै प्यानल बनाएर चुनावी मैदानमा छन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell