PahiloPost

Apr 24, 2026 | ११ बैशाख २०८३

​प्रिमियर लिग : केनको दुई गोलमा टोटनहमको जित, म्यानचेष्टर सिटी तेस्रो स्थानमा



पहिलोपोस्ट

​प्रिमियर लिग : केनको दुई गोलमा टोटनहमको जित, म्यानचेष्टर सिटी तेस्रो स्थानमा

ह्यारी केनको दुई गोल मद्दतमा टोटनहम हट्सपरले आइतबार प्रिमियर लिगमा एभरटनलाई ३-२ ले पराजित गरेको छ। जितसँगै टोटनहम अंक तालिकाको दोस्रो स्थानमा कायमै रहन सफल भएको छ।

रोमेलु लुकाकुले एभरटनका लागि प्रिमियर लिगमा सर्वाधिक गोल गर्ने कीर्तिमान कायम गरेको दिन जित हात पार्न भने सकेनन्। लुकाकुले एभरटनका लागि सर्वाधिक ६१ गोल गर्ने कीर्तिमा राखेका हुन्।

केनले २० र ५६ औं मिनेटमा गोल गर्दै टोटनहमलाई घरेलु मैदानमा २-० को अग्रता दिलाए। 

८१ औं मिनेटमा लुकाकलुे कीर्तिमान गोल गरेपछि एभरटन गोल अन्तर कम पार्न सफल भएको थियो। तर इन्जुरी टाइममा डेले अलीले गोल गर्दै टोटनहमलाई ३-१ को अग्रता दिलाए। एभरटनका लागि इन्जुरी टाइममै इनर भ्यालेन्सियाले गोल फर्काएपनि हार टार्न सकेनन्।

जितपछि २७ खेलबाट ५६ अंक जोडेको टोटनहम शीर्ष स्थानको चेल्सी भन्दा ७ अंकले पछाडी छ। एक खेल कम खेलेको चेल्सीको ६३ अंक छ।
यता सण्डरल्याण्डलाई २-० ले पराजित गर्दै म्यानचेष्टर सिटी तेस्रो स्थानमा उक्लेको छ। 

सिटीको जितमा सर्जियो अगुएरो र लरेय सानेले एक एक गोल गरे।

जितपछि सिटीको २६ खेलबाट ५५ अंक भएको छ। २७ खेल खेल्दै ५२ अंक जोडेको लिभरपुल चौथोमा झरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell