PahiloPost

Apr 24, 2026 | ११ बैशाख २०८३

आरआरमा स्ववियु चुनाव अनिश्चित, विद्यार्थी संगठनबीच सडकमा नाराबाजी



पहिलोपोस्ट

आरआरमा स्ववियु चुनाव अनिश्चित, विद्यार्थी संगठनबीच सडकमा नाराबाजी

काठमाडौं : प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन पुनः अनिश्चित बनेको छ। यसअघि फागुन १८ गते विवादका कारण स्थगित भएको चुनाव सोमबारका लागि तय भएको थियो।

सोमबार बिहानै विद्यार्थी मतदानका लागि लाइन बसेपनि विवादका कारण मतदान हुन सुरु हुन सकेको छैन। फरक प्यानल बनाएर प्रतिस्पर्धामा रहेका अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिककारी समर्थक विद्यार्थीले सडकमा नारावाजी गरिरहेका छन्।

निर्वाचन प्रमुख र उम्मेदवारलाई क्याम्पस प्रवेश गर्न दिइएको छैन। उम्मेदवार मनोनयन विवादका कारण यसअघि फागुन १८ गते निर्वाचन स्थगित भएको थियो।

निर्वाचन आयोगले पूर्वनिर्धारित बाहेक अन्य निर्वाचन नगर्न आइतबार त्रिभुवन विश्वविद्यालयलाई निर्देशन दिएको थियो। तर, आरआरको चुनावी प्रक्रिया त्रिविले आजका लागि तय गरिसकेका कारण नरोकिएको हो।

आन्तरिक विवादका कारण नेपाल विद्यार्थी संघले मनोनयन गरेको छैन। अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) छुट्टाछुट्टै प्यानल बनाएर चुनावी मैदानमा छन्।  
 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell