
स्पानिस ला लिगा अन्तर्गत आइतबार भएको खेलमा एथ्लेटिको मड्रिडले भ्यालेन्सियालाई ३-० ले पराजित गरेको छ।
एथ्लेटिकोको जितमा एन्टोनीग्रिजमनले खेलको दुवै हाफमा एक एक गोल गरे। अर्को गोल केभिन गमेइरोले गरे।
जितपछि एथ्लेटिको पुनः अंक तालिकाको चौथो स्थानमा फर्केको छ। २६ खेलबाट एथ्लेटिकोको ४९ अंक छ। २६ खेलबाटै ६० अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा भने समान २५ खेल खेलेका रियल मड्रिड र सेभिया क्रमशः दोस्रो र तेस्रो स्थानमा छ।
लिगा अन्तर्गत अन्य खेलमा लस पलमसले ओसाुसलाई ५-२ ले पराजित गरेको छ। यस्तै एथ्लेटिक विल्वाओले मालागा तथा डेपोर्टिभा ला कुरानाले स्पोर्टिङ गिहोनलाई १-० ले हराएको छ।