
काठमाडौं : नेकपा एमालेको मेची–महाकाली अभियान जारी छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापाबाट सुरु भएको अभियान मोरङको बिराटचोक हुँदै सोमबार सप्तरीमा चल्नेछ।
सोमबार सुनसरीको इनरुवा, सप्तरीको राजविराज र कञ्चनपुरमा सभा हुँदैछ। तर, मधेसी मोर्चाले सभा बिथोल्ने रणनीति अख्तियार गरेको छ। सम्भावित अवरोधका कारण एमालेले पूर्वनिर्धारित स्थानको कार्यक्रममा केही फेरबदल गरेको छ। एमालेले सप्तरीको भारदह हुँदै हनुमाननगरबाट राजविराज प्रवेश गर्ने रुट तय गरेको थियो। मोर्चाको विरोधका कारण हनुमाननगरको रुट फेरिएको छ।
अभियानका लागि एमालेका शीर्ष नेता तथा कार्यकर्ता मैदानमा खटिएका छन्। पार्टी अध्यक्ष ओली, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल तथा अन्य पदाधिकारी अभियानमा सामेल छन्।
कार्यक्रममा सामेल हुन अध्यक्ष ओली स्थानीय पोसाकसहित सप्तरी पुगेका छन्। कमिज-सुरुवाल र गम्छामा उनी सप्तरी पुगेका छन्। फोटो : हरि दाहालको फेसबुक