PahiloPost

Apr 24, 2026 | ११ बैशाख २०८३

दुग्ध कृषकले गरे प्रधानमन्त्रीलाई सम्मान, सहुलियत कर्जाको माग



पहिलोपोस्ट

दुग्ध कृषकले गरे प्रधानमन्त्रीलाई सम्मान, सहुलियत कर्जाको माग

काठमाडौं : राष्ट्रिय पशुपालक दुग्ध कृषक समाजले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सम्मान गरेको छ। सरकारले कृषि र पशुपालनको क्षेत्रलाई उच्च प्राथमिकता दिएको र राष्ट्रिय किसान आयोग गठन गरेकोमा प्रधानमन्त्रीलाई सम्मान गरिएको हो।
 
सम्मान कार्यक्रममा दुग्ध कृषक समाजका अध्यक्ष आनन्दप्रसाद न्यूरेले प्रधानमन्त्रीको कार्यकालमा कृषि क्षेत्रको आधुनिकीकरण र व्यवसायीकरणमा राम्रो प्रोत्साहन भएको र सरकारले पहिलोपटक राष्ट्रिय किसान आयोग गठन गरेकोमा सम्मान गरिएको बताए।
 
प्रधानमन्त्रीलाई समाजको केन्द्रीय समिति र कास्की, चितवन, स्याङ्जा र गोरखा जिल्ला समितिको तर्फबाट पनि सम्मान गरिएको थियो। सम्मान ग्रहण गर्दै प्रधानमन्त्रीले कृषिको आधुनिकीकरण र व्यवसायीकरणबाट मात्रै बेरोजगारी समस्या समाधान गर्न सकिने बताए। कृषि क्षेत्र देशको मेरुदण्ड भएपनि राज्यले उचित सम्बोधन गर्न नसकेको भन्दै प्रधानमन्त्रीले त्यसका लागि सरकारको तर्फबाट सम्भव निर्णय गरिने जानकारी गराए।
 
समाजले सहुलियत कृषक कर्जाको व्यवस्था गर्न, पशु बिमा कार्यक्रमलाई किसानहरुको सहभागितासहित व्यवस्थित गर्न, राष्ट्रिय किसान आयोगमा वास्तविक किसानहरुको प्रतिनिधित्व गराउन, चितवनमा धुलो दूध कारखाना स्थापना गर्न, सबै जिल्लामा पशु प्रयोगशाला स्थापना गर्न, कृषिसँग सम्बन्धित ढुवानीका साधनहरुमा भन्सार छुटको व्यवस्था गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell