
जोए रुट र क्रिस वोक्सले सातौं विकेटका लागि शतकिय साझेदारी गरेपछि सेण्ड वान डे मा इंगल्याण्डले वेष्ट इन्डिजलाई ४ विकेटले पराजित गरेको छ।
जितसँगै इंगल्याण्डले ३ म्याचको सिरिज आफ्नो पक्षमा पारेको छ। फस्ट वान डे पनि इंगल्याण्डले जितेको थियो।
रुड र वोकसले नटआउट पार्टनरसिप गरेपछि इंगल्याण्डले २२६ रनको लक्ष्य ४८.२ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो।
२५ ओभरमा १२४ रन बनाउँदा ६ विकेट गुमाएको इंगल्याण्डका लागि रुट र वोकसले जितको आधार खडा गरे। रुट ९० तथा वोक्स ६८ रनमा नटआउट रहे। यस्तै ओपनर ज्यासन रोएले ५२ रनको योगदान गरे।
बलिङतर्फ एस्ले नर्सले ३ तथा देवेन्द्र विश्वुले २ विकेट लिएपनि वेष्टइन्डिजलाई जिताउन सकेनन्।
त्यसअघि एन्टिगुआस्थित सर भिभियन रिचर्ड स्टेडियममा टस जितेर ब्याटिङ गरेको वेष्टइन्डिजले ४७.५ ओभरमा सबै विकेट गुमाएर २२५ रन बनाएको थियो। उसका लागि जासन मोहमेदले अर्धशतक बनाए।
यस्तै क्रेइग ब्रेथवाइटेले ४२ तथा जोनाथा कार्टरेले ३९ रन जोडे। इंगल्याण्डका लिअम प्लनकेटले ३ तथा स्टेभेन फिनले २ विकेट लिए।