PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

आरआर क्याम्पसमा तनाव, १३ फोटोमा हेर्नुस् प्रहरीको घेराबीच अखिलको प्रदर्शन

आरआर क्याम्पसमा तनाव, १३ फोटोमा हेर्नुस् प्रहरीको घेराबीच अखिलको प्रदर्शन

दीपेन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन फागुन १४ गतेका लागि तय गरेको थियो। विश्वविद्यालयले लगाएको उम्मेदवारको उमेर हदबन्दीका कारण लामो समयसम्म विद्यार्थी संगठन आन्तरिक विवादमा रहे। आठ वर्षपछि हुन लागेको निर्वाचनमा भाग लिन विद्यार्थी संगठनहरु राजी भएनन्। निर्वाचन फागुन १८ गतेसम्मका लागि सर्‍यो।

विद्यार्थी संगठनकै आग्रहमा चुनाव सारिए पनि सरेको समयसीमाको निर्वाचन कार्यतालिका अनुसार आंगिक क्याम्पसमा चुनावी गतिविधि भएनन्। प्रायः आंगिक क्याम्पसमा मनोनयन विवाद भयो। त्रिविका ६० मध्ये ३७ आंगिक क्याम्पसमा चुनाव भएन।

निर्वाचन आयोगले १८ गते चुनाव सम्पन्न नभएका तर, चुनावको निश्चितता पनि नभएका क्याक्पसमा चुनाव नगर्न निर्देशन दिइसकेको थियो। रत्न राज्यलक्ष्मी (आरआर) क्याक्पसमा सोमबारका लागि चुनाव तय भइसकेका कारण त्रिविले चुनाव गराउने निधो गरेको थियो।

तर, विद्यार्थी संगठनबीचको मतभेदका कारण चुनाव अनिश्चत बनेको छ। विद्यार्थी संगठनहरु क्याम्पसअघि सडकमा नाराबाजी गरिरहेका छन्। अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) आबद्ध विद्यार्थी नारबाजीमा संलग्न छन्।

आरआरमा यसअघि नेविसंघले मनोनयन नगरेका कारण निर्वाचन स्थगित भएको थियो। विवादका कारण क्याम्पसमा पटकपटक झडप र आगजनी समेत भइसकेको छ।


ट्रेन्डिङ पोस्ट

Ncell