PahiloPost

Mar 23, 2026 | ९ चैत्र २०८२

​करण जौहरको जुम्ल्याहा सन्तान अझै दुई साता अस्पतालमा



पहिलोपोस्ट

​करण जौहरको जुम्ल्याहा सन्तान अझै दुई साता अस्पतालमा

एजेन्सी : बलिउड निर्माता, निर्देशक तथा कलाकार करण जौहरका दुई सन्तान अझै दुई साता अस्पतालमा रहने भएका छन्। 

करण सरोगेसी प्रक्रियामार्फत् एक छोरा र एक छोरीको पिता बनेका हुन्। एक महिनाअघि  (फेब्रुअरी १७) मा मुम्बईको अँधेरी अस्पतालमा जन्मिएका यश र रुही डाक्टरको निगरानीमा छन्। हाल सुर्य मदर एण्ड चाइल्ड केयर होममा उनीहरुलाई राखिएको टाइम्स अफ इन्डियाले जनाएको छ। 

डाक्टर जतीन शाहले उनको सरोगेट सन्तानहरुको उपचार गर्दै आएका छन् जसप्रति आफू निकै आभारी रहेको अभिव्यक्ति करणले दिँदै आएका छन्। छोरा–छोरी जन्मनुअघि पनि डाक्टर शाहले नै उनको सरोगेटको नियमित जाँच गरेका थिए। 

स्रोतले जनाएअनुसार जुम्ल्याहा यश र रुही डेलिभरी डेट भन्दा दुई महिनाअघि जन्मिएका हुन्। जसका कारण उनीहरुको स्वास्थ्यस्थितीमा बढी ध्यान दिनु परेको हो। जन्मँदा दुबै सन्तान डेढ केजीको मात्र थिए। करणले मार्च ५ मा मात्र आफू पिता बनेको खबर ट्विटरमार्फत सार्वजनिक गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell