PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

शरदको ब्याटमा रविशंकरको साइन, पारसले दिए जर्सी उपहार



पहिलोपोस्ट

शरदको ब्याटमा रविशंकरको साइन, पारसले दिए जर्सी उपहार

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिमले आध्यात्मिक गुरु श्रीश्री रविशंकरसँग भेट गरेका छन्।
 
केन्यासँगको खेल हुनुअघि खेलाडी, प्रशिक्षक लगायतको टोलीले भेट गरेका हुन्। भेटमा रविशंकरले नेपाली टोलीललाई सफलताको शुभकामना दिए।
 
यस्तै राष्ट्रिय टिमका कप्तान पारस खड्काले रविशंकरलाई नेपालको अफिसियल जर्सी प्रदान गरे भने शरद भेषावकरले रविशंकरबाट आफ्नो ब्याटमा साइन गराए।
 
आर्ट अफ लिभिङका फाउण्डर समेत रहेका गुरु रविशंकरले खेलाडीहरुलाई खेलमा फोकस हुन ह्यापीनेस प्रोग्राममा पनि ध्यान दिनुपर्ने बताए। कप्तान पारसले आर्ट अफ लिभिङ प्रोग्रामबाट आफूमा खुसी र शान्ति मिलेको प्रतिक्रिया दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell