
बलिउड अभिनेत्री रेखा र अभिनेता संजय दत्तको विवाहको हल्लाले बलिउड मिडियामा राम्रो ठाउँ बनाएको छ। रेखाको बायोग्राफीमा संजयसँगको सम्बन्ध बारे उल्लेख गरेको भन्दै चर्चा चलेको हो।
मिडियाले सो खबरको स्रोत रेखाको बायोग्राफी लेखक यसर उशामान रहेको बताएका थिए। किताब 'रेखा- अन्टोल्ड स्टोरी'मा संजय र रेखाको विवाह बारे लेखिएको छ भनिए पनि लेखकले सो खबर गलत भएको बताएका छन्। विभिन्न अनलाईन पोर्टलले त रेखाले संजयको नाममा सिन्दूर लगाउने गरेको समेत जनाएका छन्।
हिन्दूस्तान टाइम्ससँग कुरा गर्दै भने,'हल्ला भए जस्तो केहि पनि लेखेको छैन। मान्छेहरु ध्यान दिएर पढ्दैनन्।'
उनले आफूले रेखाको बायोग्राफीमा रेखा र संजयको फिल्म 'जमीन आशमान'को एउटा प्लट न्यारेट गरेको र त्यसैलाई रियल लाइफ घटना भनेर हल्ला गरेको प्रष्ट पारेका छन्।
गलत समाचारको शिकार बनेका संजय दत्तले घटना बारे भने,'यस्ता अनावश्यक हल्लाले व्यक्तिगत साथै करियरमा पनि धेरै असर गर्छ।'