PahiloPost

Apr 24, 2026 | ११ बैशाख २०८३

प्रधानमन्त्री भन्छन्- 'संघीयता र गणतन्त्रमा माओवादीकै रगत-पसिना छ'



पहिलोपोस्ट

प्रधानमन्त्री भन्छन्- 'संघीयता र गणतन्त्रमा माओवादीकै रगत-पसिना छ'

काठमाडौं : प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीयता, गणतन्त्र र धर्मनिरपेक्षतामा माओवादीको रगतपसिना भएको बताएका छन्।
 
माओवादी केन्द्रनिकट दलित मोर्चाको बैठकमा बोल्दै उनले जसको रगतपसिना छ, यी उपलब्धि जोगाउने दायित्व पनि उसैको भएको बताए। 'हिजो जो यी मुद्दाका विपक्षमा थिए, त्यसकै विरुद्ध लडे, उनीहरुलाई संघीयता र गणतन्त्रको माया छैन। त्यसलाई उनीहरुले जोगाउलान् भन्नु हाम्रै मूर्खता हुन्छ,' उनले भने।
 
सरकार स्थानीय तहको निर्वाचन गराएरै छोड्ने पक्षमा रहेको भन्दै प्रचण्डले स्थानीय तहको चुनाव घोषणा गरिएकाले हरहालतमा चुनाव सम्पन्न गर्नुपर्ने भनाइ राखे। नयाँ संविधानले दलितहरुको अधिकार र आत्मसम्मानको रक्षा गरेको भन्दै उनले दलितहरुको अधिकारलाई मौलिक हकको रुपमा राखिएको बताए। 'समानुपातिक, समावेशिता जस्ता मुद्दालाई संस्थागत गरिएको छ, आवासको हक सुनिश्चित गरिएको छ,' उनले भने, 'एकताबद्ध भएर संविधानको कार्यान्वयन गरेर मात्र दलित अधिकार संरक्षण गर्न सकिन्छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell