.jpg)
काठमाडौँ : नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सोमबार एक करोड पाँच लाख ३३ हजार ९५९ कित्ता शेयर सूचीकृत भएका छन्। बोनस, हकप्रद, एफपिओ सूचीकृत भएको हो।
सबैभन्दा बढी बोनस शेयर सूचीकृत भएका छन्। ६ कम्पनीका ५३ लाख १२ हजार ४८ कित्ता बोनस शेयर सूचीकृत भएका छन्। दुई कम्पनीका २७ लाख १७ हजार ८६५ कित्ता हकप्रद र नेपाल एसबिआई बैंकको ६७ हजार ७६७ कित्ता एफपिओ सूचीकृत भएको हो।
सिर्जना फाइनान्सको १० लाख आठ हजार कित्ता, छिमेक लघुवित्त विकास बैंकको २३ लाख ८३ हजार २३१ कित्ता, युनाईटेड इन्स्योरेन्स ५ लाख ४ हजार कित्ता, प्रिमियर इन्स्योरेन्सको सात लाख ४७ हजार ५०५ कित्ता, श्रीइन्भेस्टमेन्ट फाइनान्सको दुई लाख ३१ हजार र त्रिबेणी विकाश बैंकको चार लाख ३८ हजार ३१२ कित्ता बोनस सेयर सूचीकृत भएको हो।
युनाइटेड फाइनान्सको ११ लाख ५९ हजार ८३६ कित्ता र त्रिवेणी विकास बैंकको १५ लाख ५८ हजार २९ कित्ता हकप्रद शेयर पनि सूचीकृत भएको छ।
सनराइज बैंकले किनेर विलय गरेको एनसिमएम मर्चेन्ट बैंकको १५ लाख ९८ हजार १६९ कित्ता र ग्लोबल आइएमई बैंकले किनेर विलय गरेको प्यासिफिक डेभलमेन्ट बैंकको नौ लाख २१ हजार ११० कित्ता शेयर पनि सूचिकृत भएको छ। सूचीकृत भएको हप्ता दिनपछि कारोबार सुरु हुन्छ।