PahiloPost

Apr 24, 2026 | ११ बैशाख २०८३

मुसहर बस्तीमा गिरानचौरवासीको एकहप्ते श्रम, बिदाइमा धुर्मुस बने भावुक



पहिलोपोस्ट

 मुसहर बस्तीमा गिरानचौरवासीको एकहप्ते श्रम, बिदाइमा धुर्मुस बने भावुक

महोत्तरी : श्रमदानका लागि सिन्धुपाल्चोकको गिरानचौर एकीकृत नमुना बस्तीबाट एकीकृत नमुना मुसहर बस्ती पुगेका बासिन्दा आज बिदा भएका छन्। सो क्रममा उनीहरुले सद्भाव साटासाट गरी मायाको चिनो आदानप्रदान गरे।

धुर्मस सुन्तली फाउण्डेसनले महोत्तरीको बर्दिवास–२ मा निर्माण गरिरहेको एकीकृत नमुना मुसहर बस्तीमा एकहप्ते श्रमदान गर्न गिरानचौरवासी पुगेका थिए। उनीहरु आजै गिरानचौर फर्किएका छन्। बिदाइका क्रममा बर्दिवासका बासिन्दा भावुक भएका थिए।
 
उनीहरुले गिरानचौर एकीकृत नमुना बस्तीका व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर तामाङलाई अबिर लगाएर मायाको चिनो प्रदान गरेका थिए। गिरानचौरवासीले पनि मुसहर बस्तीका अध्यक्ष विल्टु सादालाई ढाका टोपी लगाइदिए।

सो अवसरमा गिरानचौरवासीले हास्य कलाकार तथा फाउन्डेसनका अध्यक्ष धुर्मुस (सीताराम कट्टेललाई) ढाका टोपी तथा मुसहर बस्तीका बासिन्दाले गम्छा ओढाएर सम्मान गरे।
 
'हामीले चाहेको सद्भाव-एकता नै गिरानचौर र मुसहर बस्तीका बासिन्दाबीचको जस्तै एकता हो,' अध्यक्ष कट्टेलले भने।
 
फाउण्डेशनले काभ्रेको डाँडागाउँ र गिरानचौरमा एकीकृत बस्ती निर्माण सम्पन्न गरिसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell