PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

एमाले मधेसमा एक दिन आउने पाहुना होइन, रैथाने पार्टी हो : ओली



पहिलोपोस्ट

एमाले मधेसमा एक दिन आउने पाहुना होइन, रैथाने पार्टी हो : ओली

राजविराज : नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मधेसी जनतामा बिचौलियाले गलत भ्रम छरेको आरोप लगाएका छन्।

पार्टीको मेची-महाकाली राष्ट्रिय अभियान अन्तर्गत सोमबार सप्तरीको राजविराजमा भएको कार्यक्रममा बोल्दै उनले मधेसमा एमालेलाई छिर्न कसैले रोक्न नसक्ने बताए। एमाले तराई पस्यो भने जनतामा भएका भ्रम चिर्छ भनेर बिचौलियाले  सभालाई अवरोध गर्न खोजेको उनको भनाइ छ।
 
‘एमाले मधेसमा एक दिन आउने पाहुना होइन, रैथाने पार्टी हो,' उनले भने, 'एमाले मधेस मात्र होइन नेपालको जुनसुकै कुनामा गए पनि कसैले रोक्न सक्दैन।' एमालेलाई कालो झन्डा देखाउनेहरुलाई सूर्यअंकित रातो झन्डा बोक्न समेत उनले आग्रह गरे।
 
अध्यक्ष ओलीले केही वर्षमा नै तराईमा विद्युतीय रेल चल्ने भनाइ दोहोरर्‍याए। कार्यक्रमा उनी दौरासुरुवाल र गम्छा लगाएर उपस्थित भएका थिए। भाषणको बीचबीचमा उनले मैथिली भाषा समेत प्रयोग गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell