PahiloPost

Apr 27, 2025 | १४ बैशाख २०८२

'कथा काठमाडौं'मा प्रियंका र आयुष्मानको जोडी, यस्तो छ जम्बो टोली



पहिलोपोस्ट

'कथा काठमाडौं'मा प्रियंका र आयुष्मानको जोडी, यस्तो छ जम्बो टोली

काठमाडौं : सञ्चारकर्मी संगीता श्रेष्ठले फिचर फिल्म निर्देशन गर्ने भएकी छिन्। प्रियंका कार्की र आयुष्मान देशराज जोशीको मुख्य अभिनय रहने फिल्म 'कथा काठमाडौं' घोषणा भएको हो।
 
काठमाडौंमा भेटिने पात्रहरुको तीन विविध कथा नै फिल्मको मुख्य विषय रहने फिल्म युनिटले जानकारी दिएको छ।
 
आहना फिल्मसको प्रस्तुति रहने फिल्ममा प्रमोद अग्रहरि, संजोक कोइराला, सन्ध्या केसी, प्रेक्षा अधिकारीको पनि अभिनय रहनेछ। फिल्ममा संजोग र सन्ध्या तथा प्रियंका र आयुष्मानले जोडी बाँध्दै छन्।
 
कलाकारहरुका लागि युनिटले फिल्म घोषणा अगावै वर्कशप सञ्चालन गर्दै आएको छ। आफ्नो भूमिकाबारे बोल्दै नायक जोशीले भने, 'धेरै फिल्मको लागि राम्रा स्टोरीहरु  आए तर यो फिल्मको भूमिका बलियो लागेकाले अनुबन्धित भएको हुँ।' आफैँसँगको प्रतिस्पर्धाका लागि यो फिल्म रोजेको उनको तर्क छ। 'तातो खाए जिब्रो पोल्छ भन्ने डरले हतारमा फिल्म गरिन्न,' उनले भने।
 
लुजा सिंहले फिल्म खिच्नेछन् भने विजय राईको निर्माण रहनेछ। फिल्मको पटकथा भने निर्देशक संगीता श्रेष्ठले नै लेखेकी हुन्।
 
निर्देशक श्रेष्ठले भनिन्, 'फिल्ममा कलाकार र क्रु गरेर परिवार ठूलो बनेको छ। हाम्रो सेट सुटिङ स्पट होइन पिकनिक स्पोट हुन्छ।' मार्च ८ को अवसर पारेर फिल्म फ्लोरमा जाने उनले बताइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell