
नेपालगन्ज : नेपालगन्जको मंगल प्रसाद उच्च माविको खेल मैदानमा भइरहेको भाइराजा स्मृति क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार भएको खेलमा रोयल स्पोर्ट्स क्लब विजयी भएको छ। रोयलले मंगोलिन क्रिकेट क्लबलाई छ विकेटले पराजित गरेको हो।
टस जितेर पहिले ब्याटिङ गरेको मंगोलिय क्रिकेट क्लबले निर्धारित २० ओभरमा सम्पुर्ण विकेट गुमाउँदै १ सय १७ रन बनाएको थियो। उसका लागि रविन्द्र जंग शाहले २३ तथा ओपनर सुसान्त थापाले २० रन बनाए।
रोयलका कृष्ण कार्की र भिम धमालाले ३/३ विकेट लिए भने रिजवान अन्सारीले २ विकेट झारे।
जवाफमा ११८ रनको लक्ष्य रोयल स्पोर्ट्स क्लबले १५.५ ओभरमा ५ विकेट गुमाउँदै पुरा गर्यो। रोयलको जितमा कप्तान सुवेन्दु पाण्डेले ३५ रन बनाए भने प्रनीत थापाले ३४ तथा प्रेम तामाङले २७ रन जोडे। राष्ट्रिय खेलाडी समेत रहेका रोयलका कृष्ण कार्की म्यान अफ द म्याच घोषित भए।
स्वः रणेन्द्र बहादुर हमालको नाममा शनिवारबाट सुरु भएको प्रतियोगितामा ८ वटा क्लबको सहभागिता रहेको छ। प्रतियोगिता अन्तर्गत मंगालबार नेपाल टाइगर क्लब र टीकापुर क्रिकेट क्लब बिच हुनेछ।
सांसद मैकुलाल बाल्मिकीको संसदिय विकास कोषबाट संचालित भाइराजा क्रिकेट प्रतियोगिता २०७३ मा ८ वटा क्लबको सहभागीता रहेको प्रतियोगितो हो।